Kathmandu Press

निलम्बन फुकुवासम्बन्धी रिटमाथिको सुनुवाइ सकियाे, न्यायाधीशहरू छलफल गर्दै

बहसमा भाग लिनेमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, टीकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए।
निलम्बन फुकुवासम्बन्धी रिटमाथिको सुनुवाइ सकियाे, न्यायाधीशहरू छलफल गर्दै

काठमाडौं, मंसिर २३ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा भएको सुनुवाइ सकिएको छ।

जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिटमाथि आज (शुक्रबार) भएको उक्त बहसमा ६ वरिष्ठ अधिवक्ताहरू आफ्नो भनाइ राखेका छन्।

बहसमा भाग लिनेमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, टीकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए।

उनीहरुले पत्र माग्नु र दिनु दुवै अवैधानिक भएको जिकिर गरेका छन्। जबराको महाभियोग निष्प्रभावी हुनै नसक्ने दाबी उनीहरूले गरेका हुन्। 

महाभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव भरतराज गाैतमले जबरालाई पत्र पठाएपछि बुधबार नेपाल बार एसाेसिएसनकापदािधकारीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहनेगरी संवैधानिक इजलास गठन गरिएकाे थियाे।

बहसपछि न्यायाधीशहरू आदेशका लागि छलफलमा जुटेका छन्।

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्