पत्र माग्ने र लेख्ने दुवैलाई संसदको अवहेलनामा कारबाही हुनुपर्छ : वरिष्ठ अधिवक्ता कार्की
‘निर्लज्ज रुपमा संसदको खिल्ली उडाइएको छ । पत्र माग्ने र लेख्नेलाई संसदको अवहेलनामा कारबाही हुनुपर्छ।’ उनले अदालतले पनि अवहेलनामा पनि जबरा र कार्कीलाई कारबाही गर्नुपर्ने जिकिर उनले गरे।
काठमाडौं, मंसिर २३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस जारी छ।
बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले जबरा र संसदका महासचिव भरतराज गौतम गौतमलाई अदालतको अवहेलनमा मुद्दा चलाउनुपर्ने बताएका छन्।
उनले महाभियोग निष्क्रिय पार्न निवेदन दिने निलम्बित प्रधानन्यायाधीश जबरा र निष्प्रभावी भएको पत्र पठाउने गौतमले न्यायिक प्रक्रियामा अवरोध पुर्याएको भनेर अवहेलनमा मुद्दा चलाउनुपर्ने बताएका हुन्।
‘निर्लज्ज रुपमा संसदको खिल्ली उडाइएको छ,’ बहसका क्रममा कार्कीले भने, ‘पत्र माग्ने र लेख्नेलाई संसदको अवहेलनामा कारबाही हुनुपर्छ।’ उनले अदालतले पनि अवहेलनामा पनि जबरा र कार्कीलाई कारबाही गर्नुपर्ने जिकिर उनले गरे।
कार्कीले निलम्बित प्रधानन्यायाधीश जबराले संस्थाको सम्मानलाई धुलोमा मिलाएको जिकिर पनि गरे।
इतिहासमा योभन्दा ठुलो असक्षमता र बदमासीको उदाहरण कुनै नहुने उनको भनाइ थियो। भदौमा महाभियोगबारे बयानका क्रममा जबराले भाषण दिएर बारलाई आरोपित गर्दा संसद चुप लागेर बसेको भन्दै आपत्ति पनि जनाए ।
संसद सचिवालयका महासचिव गौतमलाई संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने अधिकार नभएको पनि उनले बताए।











