सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय
काठमाडौं, पुस ८ : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ।
मंगलबार बिहान बसेको समाजवादी पार्टीको पदाधिका....

काठमाडौं, पुस ८ : उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ।
मंगलबार बिहान बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले नेकपासँग भएको २ बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छाड्ने निर्णय गरेको गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा यादव उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन्।
उपप्रधान तथा कानुनमन्त्री यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राखेका थिए। प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव अस्वीकार गरेका थिए। प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै यादवलाई हप्काएका थिए।
त्यसकै प्रतिक्रिया स्वरुप आज समाजवादीको पदाधिकारी बैठक बसेको थियो। बैठकले संविधान संशोधन नहुनेभएपछि सरकारमा बस्नुको औचित्य नरहेको निष्कर्ष निकालेको जनाएको छ।
यस्तो छ यादवले मन्त्रिपरिषद्मा राखेको संविधान संशोधन प्रस्ताव











