दीपिका पादुकोणको ‘छपाक’लाई चोरीको आरोप
काठमाडौं, पुस ८ : बलिउड नायिका दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’लाई चोरीको आरोप लागेको छ।
रिलिज हुनु दुई साता अघि ‘छपक&rs....

काठमाडौं, पुस ८ : बलिउड नायिका दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’लाई चोरीको आरोप लागेको छ।
रिलिज हुनु दुई साता अघि ‘छपक’ विवादमा आएको हो। लेखक राकेश भारतीले फिल्मको कथा चोरी गरेको आरोप लगाउँदै बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।
एसिड आक्रमणमा परेकी किशोरीमा आधारित फिल्मको कथा आफूले लेखेको उनले जिकिर गरेका छन्। उनले लेखेकका रुपमा आफूलाई ‘क्रेडिट’ दिनुपर्ने माग गरेका छन्।
सन् २०१५ मा उनले इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स असोसिएशन (आईएमपीपीए)मा दर्ता गरेको बताएका छन्। यसमा ‘ब्ल्याक डे’ नामबाट फिल्म बनाउने सोचेको उनको भनाइ छ।
यसको स्क्रिप्टमा काम गरिरहेका उनले बताएका छन्। यसका लागि केही कलाकार र फक्स स्टार स्टुडियोसँग समेत अप्रोच गरेको उनको जिकिर छ। ‘विशेष परिस्थितिका कारण प्रोजेक्ट सुरू हुन सकेन। फक्स स्टार स्टुडियोलाई पनि आईडिया सुनाएको थिएँ, जसमा छपाक बनेको छ,’ उनले भने।
भारतीका वकिल अशोक सरोगीका अनुसार यसबारे निर्मातालाई पनि जानकारी दिएको थियो। तर, कुनै जबाफ नआएपछि अदालतको ढोका ढकढकाउनुपरेको उनको बताए। अदालतमा २७ डिसेम्बरमा यसको सुनुवाइ हुँदै छ।
यो फिल्म १० जनवरीमा रिलिज हुन लागेको छ। यो फिल्म एसिड आक्रमणमा परेकी दिल्लीकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेको छ।












