संवैधानिक इजलासमा चोलेन्द्रको निलम्वन फुकुवाविरुद्धको रिटको सुनुवाई सुरु

काठमाडौं, मंसिर २३ : निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्वन फुकुवा विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सुरु भएको छ । शुक्रबार संवैधानिक इजलासमा निलम्वन फुकुवाविरुद्धको रिटमा सुनुवाई सुरु भएको हो ।
बुधबार संसद सचिवालयका महासचिव भरतराज गौतमले जबरलाई निलम्बन फुकुवाको पत्र दिएका थिए । पत्रपछि करिब साढे ८ महिनादेखि निलम्वनमा रहेका जबरालाई सर्वोच्च फर्कने बाटो खुलेको थियो ।
जनताको सार्वभौम संसदको अधिकारमा संसद सचिवालयका एउटा कर्मचारीले अधिकारक्षेत्रबाहिर गएर निर्णय गरेको भन्दै बार एशोसियशनले सर्वोच्चमा बुधबार साँझ रिट दायर गरेका थिए ।
उक्त रिटको सुनुवाईका लागि शुक्रबार कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरि सुनुवाई सुरु गरेको हो । उक्त इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।
रिट निवेदनको मस्यौदा गरेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रारम्भिक बहस थालेका छन् । भट्राईसहित नेपाल बार एशोसिएसनका गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र शम्भु थापाले रिटमा बहस गर्नेछन् ।











