Kathmandu Press

शाही सरकारका महान्यायाधीवक्ता न्याय परिषद् सदस्यमा सिफारिस

काठमाडौं, पुस ८ : पूर्वराजा ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारका महान्यायाधीवक्ता लक्ष्मीबहादुर 'निराला’ खड्कालाई न्यायपरिषद् सदस्यमा सिफारिस....

शाही सरकारका महान्यायाधीवक्ता न्याय परिषद् सदस्यमा सिफारिस

काठमाडौं, पुस ८ : पूर्वराजा ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारका महान्यायाधीवक्ता लक्ष्मीबहादुर 'निराला’ खड्कालाई न्यायपरिषद् सदस्यमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ समितिले मंगलबार उनीविरुद्ध उजुरी आह्वान गरेको छ। संसदीय सुनुवाइपछि न्यायपरिषद् सदस्य नियुक्त हुनेछन्।

उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई न्यायपरिषद् सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो। उनी २०६२ पुस ११ गतेदेखि २०६३ बैशाख १५ गतेसम्म महान्यायाधीवक्ता रहेका थिए। त्यतिबेला शाही सरकार रहेको थियो।

महान्यायाधीवक्ताको कार्यालयका अनुसार, तत्कालीन महान्यायाधीवक्ता पवन ओझाले राजीनामा दिएपछि उनी महान्यायाधीवक्तामा नियुक्त भएका थिए। न्यायपरिषद् सदस्य पदम बैदिकले सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि राजीनामा दिएपछि रिक्त पदमा खड्कालाई ल्याउन लागिएको हो।

 

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, पुस ८, २०७६