Kathmandu Press

कांग्रेसलाई ठूलो दल बनाएकोमा मतदातालाई देउवाले दिए धन्यवाद

शुक्रबार बिहानै सामाजिक सञ्जालमा स्टाट्स लेख्दै प्रधानमन्त्री समेत रहेका​ देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।
कांग्रेसलाई ठूलो दल बनाएकोमा मतदातालाई देउवाले दिए धन्यवाद

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्।

शुक्रबार बिहानै सामाजिक सञ्जालमा स्टाट्स लेख्दै प्रधानमन्त्री समेत रहेका​ देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।

प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद, सामाजिक सञ्जालमा लेखेका छन् ।​

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । 

318816561_700506081444559_3716769054501455426_n1670552659.jpg

प्रकाशित मिति: ०८:०७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्