Kathmandu Press

काठमाडौंवासीको घरका धारामा आजदेखि मेलम्चीको पानी

बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।
काठमाडौंवासीको घरका धारामा आजदेखि मेलम्चीको पानी

काठमाडौं, मंसिर २३ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।

बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

“अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ ।

मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।

२२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

प्रकाशित मिति: ०७:३७ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्