भाषणले मात्रै देश समृद्ध बन्दैन : गगन थापा
तनहुँ, पुस ८ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले भाषणले मात्रै देश समृद्ध नबन्ने बताएका छन्।
भाषणमा देशलाई सिंगापुर बनाउनछु भनेपछि....

तनहुँ, पुस ८ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले भाषणले मात्रै देश समृद्ध नबन्ने बताएका छन्।
भाषणमा देशलाई सिंगापुर बनाउनछु भनेपछि काम त्यसअनुसार नभएको उनको भनाइ थियो। ‘नेपाललाई सिङ्गापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न सक्दैन,’ नेता थापाले भने, ‘नायक–महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोबाट मात्र नेपाल समृद्ध बन्न सक्छ।’
मंगलबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ इकाइले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै नेता थापाले युवाले नै देश समृद्ध बनाउने बताए। देशलाई समृद्ध बनाउन युवा लाग्नु पर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै उनले लिम्पयाधुरा, कालापानी र लिपुलेकलगायतको भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताए। ‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ, अब सरकारले नडराएर वार्ता गर्नुपर्छ,’ उनले भने।











