Kathmandu Press

मानवअधिकार उल्लंघनका घटना अझै रोकिएका छैनन् : उपराष्ट्रपति पुन

मानवअधिकार उल्लंघनका घटना अझै रोकिएका छैनन् : उपराष्ट्रपति पुन

काठमाडौं, मंसिर २२ : उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै नरोकिएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित १४औं राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले विभिन्न मानव अधिकारसँग सम्बन्धित संघ संस्थाले गरेको विभिन्न प्रयासका बाबजुत पनि मानव अधिकार उल्लंघनका घटनाहरु अझै नरोकिएको भन्दै मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्था पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराए।

सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको भन्दै उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको भन्दै मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि भएको बताए।

उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए। उपराष्ट्रपति पुनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्ने भएकाले उक्त सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे।

उहाँले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्