Kathmandu Press

महोत्तरीमा टिपरको ठक्करबाट एकको मृत्यु

महोत्तरी, पुस ८ : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा टिपरले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ।

टिपरको ठक्करबाट प....

महोत्तरीमा टिपरको ठक्करबाट एकको मृत्यु

महोत्तरी, पुस ८ : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा टिपरले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ।

टिपरको ठक्करबाट पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा ४ ख ५७२८ नम्बरको टिपरले सोमबार साँझ पिपरा गाउँपालिका–५ को चाँदनीचोकमा साइकलमा यात्रारत रामदिनेशलाई ठक्कर दिएको थियो। उनको उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, पुस ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्