यसरी मनाइयाे ज्यापु दिवस (तस्बिरहरू)
ज्यापु संस्कृति विकास कोषले उक्त समारोहको आयोजना गरेको हो। कोषले २०६१ सालदेखि नेवाः समुदायको मौलिक चाड यःमरी पुन्हिका दिनमा ज्यापु संस्कृतिको संरक्षण र संवर्धनका लागि अभियानका रूपमा ज्यापु दिवस मनाउँदै आएको छ।
काठमाडौं, मंसिर २२ : काठमाडौंको वसन्तपुरमा आज (बिहीबार) आयोजित १९औं राष्ट्रिय ज्यापु दिवस समारोहको आयोजना गरिएको छ।

ज्यापु संस्कृति विकास कोषले उक्त समारोहको आयोजना गरेको हो। कोषले २०६१ सालदेखि नेवाः समुदायको मौलिक चाड यःमरी पुन्हिका दिनमा ज्यापु संस्कृतिको संरक्षण र संवर्धनका लागि अभियानका रूपमा ज्यापु दिवस मनाउँदै आएको छ।

कार्यक्रमअघि ६३ टोलका गुठीका तर्फबाट सांस्कृतिक र्याली निकालिएको थियो। र्यालीमा सहभागीले नेवारी झाँकी, बाजागाजा प्रदर्शन गरेका थिए। सो अवसरमा अतिथिलाई परम्परागत गोफ टोल महिला समूहबाट सगुरनस्वरुप योमरी वितरण गरिएको थियो।

काठमाडौं महानगरपालिकाभित्रका परम्परागत नासःद्यः गुठी खलकको बाजागाजाको संरक्षण तथा संवद्र्धन गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यका साथ ज्यापु महागुथि नेपाः र नारायण परिवार क्लबको सक्रियतामा २०५८ सालमा ज्यापु संस्कृति विकास कोषको स्थापना गरिएको थियो।

सरकारले २०६५ सालमा नेवार समुदायको पर्व यःमरि पुन्हि र सो दिनमा मनाउँदै आएको ज्यापु दिवसलाई राष्ट्रिय पर्व बिदाको सूचीमा सूचीकृत गरी सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। (तस्बिरहरू ः रासस)

1670488036.jpg)