Kathmandu Press

कांग्रेस पूर्वउपसभापति निधि र स्विस राजदूत क्यापिलरबीच भेटवार्ता

भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा कुराकानी भएको जनाइएकाे छ।
कांग्रेस पूर्वउपसभापति निधि र स्विस राजदूत क्यापिलरबीच भेटवार्ता

काठमाडौं,  मंसिर २२ : कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्विस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

राजदूत क्यापिलर आज (बिहीबार) बिहान भेटका लागि निधि निवास बानेश्वरमा पुगेका थिए। भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा कुराकानी भएको जनाइएकाे छ।

क्यापिलरले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्विस सरकार तत्पर रहेको बताए। कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्विस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए।

राजदूत क्यापिलरले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्विस सरकारलाई सहयोगका लागि आग्रह गरे।

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्