Kathmandu Press

समानुपातिक सांसद छान्न एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

समानुपातिकतर्फ पहिलो दल एमालेले प्राप्त मतका आधारमा बन्दसूचीबाट ३४ जनालाई  निर्वाचित गर्नुपर्नेछ। 
समानुपातिक सांसद छान्न एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडाैं, मंसिर २२ : नेकपा एमालेले समानुपातिक सांसदबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ।

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले भोलि (शुक्रबार) दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो।

समानुपातिकतर्फ पहिलो दल एमालेले प्राप्त मतका आधारमा बन्दसूचीबाट ३४ जनालाई  निर्वाचित गर्नुपर्नेछ। 

एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्राचार गरेको र त्यसबारे निर्णय लिन बैठक बोलाइएको हो।

आयोगमा पेस गरिएको समानुपातिक सूचीमा रहेको ११० नाम मध्येबाट ५ क्लस्टरबाट मिलाएर पार्टीको निर्णयसहित ३४ जनाको नाम एमालेले निर्वाचन आयोगलाई पठाउनुपर्नेछ।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्