Kathmandu Press

सुनसरीमा ट्रकमा एम्बुलेन्स ठोक्कियो, एकको मृत्यु

सुनसरी, पुस ८ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर ....

सुनसरीमा ट्रकमा एम्बुलेन्स ठोक्कियो, एकको मृत्यु

सुनसरी, पुस ८ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।

ठक्करबाट  एम्बुलेन्स चालकसहित चार घाइते भएका र  घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  
 
प्रकाशित मिति: ०९:०४ बजे, मंगलबार, पुस ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्