Kathmandu Press

दार्चुलाकाे नेपाल–भारत सीमामा भारतद्वारा एकतर्फी निमाणाधिन तटबन्ध राेक्न सहमत

दार्चुलाकाे नेपाल–भारत सीमामा भारतद्वारा एकतर्फी निमाणाधिन तटबन्ध राेक्न सहमत

काठमाडाैं, मंसिर २१ : दार्चुलाकाे महाकाली नदी किनारमा भारतले एकतर्फी निर्माण गरिरहेकाे तटबन्ध राेक्ने भएकाे छ।

बुधबार भारतको दार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको हाे।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार ‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको छ।

विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने छ।

बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति: १९:३० बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्