मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्याउन मन छ : मुख्यमन्त्री राई

टङ्कीसिनवारी, मंसिर २१ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन। विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताए।
हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राई सत्ता गठबन्धनको तर्फबाट भोजपुर १(१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए। यस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले नौ, नेकपा (एस)ले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा जीत हासिल गरेको थियो।
प्रकाशित मिति: १९:०३ बजे, बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











