अध्यक्ष नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
नेकपा एसको केन्द्रीय कार्यालय तीनकुनेमा आज (बुधबार) अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ।
काठमाडौं, मंसिर २१ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनबीच भेटवार्ता भएको छ।
नेकपा एसको केन्द्रीय कार्यालय तीनकुनेमा आज (बुधबार) अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ।
भेटमा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना दिए।
सो अवसरमा नेपाल र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको पनि जनाइएको छ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरू आआफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको नेपालसँग राजनीतिक भेटवार्ता गरेका हुन्।
उनीहरूको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: १४:५५ बजे, बुधबार, मंसिर २१, २०७९
थप समाचार





