Kathmandu Press

चोलेन्द्रलाई रोक्न सर्वोच्चको मूल गेटमा बारकाे धर्ना 

चोलेन्द्रलाई रोक्न सर्वोच्चको मूल गेटमा बारकाे धर्ना 

काठमाडौं, मंसिर २१ : संघीय संसद सचिवलयले सर्वोच्चका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सेवामा फर्किन बाटो खुलाएपछि बारका  पदाधिकारी विरोधमा उत्रिएका छन् । 

जबरालाई सर्वोच्च छिर्न नदिन बारका पदाधिकारीहरुले अदालतको मूल गेटमा धर्ना सुरु गरेका हुन् । धर्नामा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत अन्य कानुन व्यवसायीहरु पनि सहभागि छन् ।

संसद सचिवालयकाे पत्र सार्वजनिक भएलगत्तै बारले आकस्मिक बैठक बोलाएको थियो । बैठकले संसद सचिवालयको पत्र असंवैधानिक ठहर गर्दै चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको हो । 

बारका अध्यक्ष घिमिरेले संसद सचिवालयका कर्मचारीले जबरालाई दिएको पत्र पूर्णरुपमा अवैध रहेको बताउँदै कुनैपनि हालतमा जबरालाई अदालत छिर्न नदिने बताए । संसदको एउटा कर्मचारीले सार्वभौम संसदमा लगाएको महाभियोग निष्क्रिय गर्न सक्दैन, राणालाई संसदमा महाभियोग लागेको हो । सभामुखको निर्णयलाई कर्मचारीले उल्ट्याउन सक्ने भन्ने प्रश्नै हुँदैन,’ उनले बताए । 

संघीय संसदका महासचिव डा। भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन्।

 

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्