Kathmandu Press

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक जारी

जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको अवस्थामा कायम रहेको प्रतिनिधिसभाले नयाँ निर्वाचित भएर आउने प्रतिनिधिसभालाई त्यसको सबै कारबाहीको जिम्मेवारी दिएको अवस्थामा संसद सचिवालयको पत्रले न्याय क्षेत्र तरंगित बनेको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक जारी

काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ।

मंगलबार निधन भएका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न उक्त बैठक बोलाइएको थियो। यही मौकामा संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा गर्दै दिएको पत्रबारे पनि छलफल हुने सर्वोच्च स्रोतको भनाइ छ।

जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको अवस्थामा कायम रहेको प्रतिनिधिसभाले नयाँ निर्वाचित भएर आउने प्रतिनिधिसभालाई त्यसको सबै कारबाहीको जिम्मेवारी दिएको अवस्थामा संसद सचिवालयको पत्रले न्याय क्षेत्र तरंगित बनेको छ।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्