Kathmandu Press

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै 

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै 

काठमाडौं, मंसिर २१ : नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमालेमा सचिवालय बैठक बस्नुअघि केन्द्रीय कार्यालय बैठक बस्नेगर्छ । 

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुने बताइएको छ। 

एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: १०:२५ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्