सरकारद्वारा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा

काठमाडाैं, मंसिर २० : सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषदले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











