Kathmandu Press

प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै

काठमाडाैं, पुस ७ : भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदैछिन्।

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोस्ले बुधबार नेपाल आ....

प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै
फाइल

काठमाडाैं, पुस ७ : भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदैछिन्।

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोस्ले बुधबार नेपाल आउन लागेकी हुन्। शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा उनले तीन-चार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। 

उनलाई नेपालका ३५ जना कलाकारले साथ दिने छन्। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्। असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ। 

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन्।

प्रकाशित मिति: १९:०७ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्