Kathmandu Press

‘मुख्यमन्त्री बन्दिनँ, मन्त्री बन्ने नबन्ने अध्यक्ष ज्यूको हातमा छ’

‘मुख्यमन्त्री बन्दिनँ, मन्त्री बन्ने नबन्ने अध्यक्ष ज्यूको हातमा छ’

काठमाडौं, मंसिर २० : मनाङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आफू मुख्यमन्त्री नबन्ने बताएका छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिने क्रममा मनाङले आफूलाई मुख्यमन्त्री बनाएर काम नभएको बताएका हुन् । 

‘मुख्यमन्त्री दियो भने पनि मलाई काम छैन । त्यसका लागि अनुभव चाहिन्छ । त्यसको अनुभव मसँग छैन पनि,’ मनाङेले भने । उनले अब आफू मन्त्री बन्ने कि नबन्ने भन्ने विषय अध्यक्षको हातमा हुने पनि बताए । 

मनाङको प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका मनाङे सोमबार मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी गण्डकी प्रदेश सभाका युवा तथा खेलकुद मन्त्री छन् । 

 

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्