प्रधानमन्त्री देउवासँग शशांक कोइरालाकाे भेट
काेइराला आज (मंगलबार) देउवालाई भेट्न बालुवाटार पुगेका थिए। चुनाव जितेपछि उनीहरूबीच पहिलाेपटक भेटघाट भएकाे हाे।
काठमाडौं, मंसिर २० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग डा. शशांक कोइरालाले भेट गरेका छन्।
काेइराला आज (मंगलबार) देउवालाई भेट्न बालुवाटार पुगेका थिए। चुनाव जितेपछि उनीहरूबीच पहिलाेपटक भेटघाट भएकाे हाे।
भेटमा उनीहरूबीच बधाई साटासाट भएकाे जनाइएकाे छ। सोही भेटमा संसदीय दलको नेतामा आफूलाई मत दिन देउवालाई आग्रह गरेको जनाइएको छ। काेइरालाले सल्लाह गरेर जानुपर्ने जवाफ दिएकाे बताइएकाे छ।
संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा उम्मेदवार बन्ने भए पनि इतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेका छन्।
यस्ताे अवस्थामा सम्भवतः संसदीय दलको नेता चुन्न मतदान नै हुनेछ।
प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











