सिके राउतले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौं, मंसिर २० : जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
राउतले मंगलबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेट गरेका हुन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएकोबारे राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटमा समसामयिक राजनीति र त्यसको निकासका विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।
सरकार गठनका विभिन्न दलहरुबीच रस्साकस्सी चल्दा राउतले विभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन् ।
प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











