Kathmandu Press

लुम्बिनीकाे राजधानी सार्नुको विकल्प छैन : मन्त्री खड्का

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे।
लुम्बिनीकाे राजधानी सार्नुको विकल्प छैन : मन्त्री खड्का

काठमाडाैं, मंसिर २० : लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे।

उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गरे।

मन्त्री खड्काले दाझको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेशसभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने स्पष्ट पारे।

साक्षात्कारमा नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताए।

श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै  नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड गरे।

उनले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भीर प्रश्न उठेको धारणा राखे।

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्