Kathmandu Press

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, काठमाडौंका धारामा पुग्न केही दिन लाग्ने 

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, काठमाडौंका धारामा पुग्न केही दिन लाग्ने 

काठमाडौं, मंसिर २० : मेलम्चीको पानी  सुन्दरीजल आइपुगेको छ ।  गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।

बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।  

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले मेलम्चीको पानी सुन्दरीजलमा पुगेको बताउँदै अब केही दिनमा काठमाडौंका घर–घरमा पठाइने जानकारी दिए। 

पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ ।त्यसका लागि सबै निकायहरुलाइ जानकारी गराइएको उनले बताए। 

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । 

पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्