काठमाडौंबाट ७० भन्दा बढी चिनियाँ नागरिक पक्राउ
काठमाडौं, पुस ७ : काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ।
भिजिट भिसामा नेपाल आएर गैरका....
काठमाडौं, पुस ७ : काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ।
भिजिट भिसामा नेपाल आएर गैरकानूनी गतिविधिमा संलग्न भएको पाइएपछि प्रहरीले ७० भन्दा बढी विदेशी नागरिकलाई सोमबार पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयुक्त अपरेसनमा उनीहरुलाई काठमाडौंको मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायत क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए।
उनीहरुको गैरकानूनी धन्दाबारे अनुसनधान भइरहेको एसएसपी जोशीले बताए। प्रहरीका अनुसार पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेका छन्।
बैंकको सिस्टम ह्याकिङ प्रकरणमा मुछिएपछि प्रहरीले चिनियाँ नागरिकमाथि पछिल्लो समय निगरानी बढाएको छ।






