Kathmandu Press

नारायण गोपालको स्मृतिमा गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो।
नारायण गोपालको स्मृतिमा गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान

कमाठमाडाैं, मंसिर १९ : स्वरसम्राट नारायण गोपालको ३२औं स्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो।

Hardik ivf

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए । उनले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताए ।

कार्यक्रममा वरिष्ठ संगीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गरे । उउनले आफूले देखेका अहिलेसम्मका गायक गायिकाहरुमा त्यो किसिमको कला नपाएको बताए ।

स्वरसम्राट नारायणगोपालको ३२औं पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्