चुनावका बेला केही असमझदारी भए, तर गठबन्धन कायम रहन्छ : प्रचण्ड
‘आयोगले अन्तिम नतिजा दिएपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ। सबै काम सहमतिबाटै हुन्छ, र गठबन्धनकै सरकार बन्छ।’
काठमाडौं, मंसिर १९ : नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन कयमै रहने बताएका छन्। सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकपछि उनले चुनावका बेल केही असमति भएपछि गठबन्धनले निरन्तार पाउने बताए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनाव समीक्षा र आगामी सरकारको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्ष बिहीन बनेको थियो। उनले मुख्य एजेन्डामा बैठक निष्कर्षबिहीन भएपनि बैठकले सबै मतदाता, कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन आयोग सबैलाई धन्यवाद दिएको बताए ।
उनले निर्वाचनको सबै नतिजा प्रकाशन भएपछि सरकार गठनको प्रक्रिया सुरु हुने बताए । ‘आयोगले अन्तिम नतिजा दिएपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ। सबै काम सहमतिबाटै हुन्छ, र गठबन्धनकै सरकार बन्छ,’ प्रचण्डले भने।
प्रधानमन्त्रीको आकांक्षी कोही नभएको बताउँदे उनले संविधानको रक्षाका लागि सँगै लडेको हो र अगाडि पनि गठबन्धन सँगै अगाडि बढाउने बताए।











