Kathmandu Press

बालुवाटार बैठक : सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति 

बालुवाटार बैठक : सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति 

काठमाडौं, मंसिर १९ :  सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतलाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ । 

सोमबार बालुवाटारमा बैठकले मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्नु पर्ने आवश्यकताका कारण गठबन्धनलाई निरन्तरता दिन सहमती जुटेको हो । ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमार्फत निर्वाचनको दौरनामा गठबन्धनलले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना भएको  र यसको समीक्षा आगामी दिनमा गरिने जानकारी दिइएको छ । 

गठबन्धनले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, संचारकर्मी लगायत सबैलाई धन्यवाद दिएको छ ।

No description available. 
 

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्