सीमाका विषयमा सरकार मौन रहनु रहस्यमय : नेतृ भुसाल
भक्तपुर, पुस ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकार सीमा मिच....
भक्तपुर, पुस ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकार सीमा मिचिएको जस्तो संवेदनशील विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छिन्।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा नेतृ भुसालले नेपाली सीमा भारतले मिचेको विषयमा लामो समयसम्म पनि सरकार मौन रहनु र मन्त्रिपरिषदबाट कुनै निर्णय गर्न नसक्नु रहस्यको विषय भएको बताएकी हुन्।
उनले सरकारले केवल सिंहदरबारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघीयता खतरामा परेको टिप्पणी गरिन्। प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरबारको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगेको उनको भनाइ छ।
उनले वर्तमान सरकारले नेपाल ट्रष्टको नाममा रहेको जग्गा आफ्नो गुण तिर्न यती समूहलाई कौडीको भाउमा उपलब्ध गराउनुले सरकार कति भ्रष्टाचारमा डुबेको छ भन्ने प्रष्ट्याएको बताइन्।
नेतृ भुसालले कम्युनिष्ट सरकार कानूनभन्दा माथि जान खोजेको र भ्रष्टाचार, हिंसा र हत्यालाई प्रश्रय दिएको आरोप लगाइन्।






