बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, मंसिर १९ : सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
सोमबार अपराह्न प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा मंसिर ४ मा सम्पन्न संघीय निर्वाचन र त्यसका परिणामबारे समीक्षा गरिने बताइएको छ ।
त्यस्तै गठबन्धनकै सरकार बनाउनेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर चुनावमा गएका थिए ।
प्रकाशित मिति: १६:११ बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











