प्रधानमन्त्रीद्वारा कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण

काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाडेगाउमा रहेको कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराइको शालिकमा माल्यार्पण गरेका छन्।
भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा पुगेका देउवाले भट्टराइको शालिकमा माल्यार्पण गरेका हुन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । भट्टराईको ९८ औँ जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो।
प्रकाशित मिति: १५:०० बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











