Kathmandu Press

नेपाल ट्रष्टको सम्पतिबारे सांसदद्वारा सरकारको आलोचना

काठमाडौं, पुस ७ : राष्ट्रियसभाको बैठकमा सत्ता पक्षकै सांसदले सरकारको आलोचना गरेका छन्। नेपाल ट्रष्टको सम्पति प्रयोगमा अनियमितता भएको भन्दै सांसदह....

नेपाल ट्रष्टको सम्पतिबारे सांसदद्वारा सरकारको आलोचना

काठमाडौं, पुस ७ : राष्ट्रियसभाको बैठकमा सत्ता पक्षकै सांसदले सरकारको आलोचना गरेका छन्। नेपाल ट्रष्टको सम्पति प्रयोगमा अनियमितता भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन्।

नेपाल ट्रष्टको सम्पति यती एयरलाइन्ससम्बद्ध विभिन्न कम्पनीलाई भाडामा दिँदा अनियमितता भएको भन्दै सांसदहरुले आलोचना गरे। उनीहरुले यस विषयमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताए।

नेकपाका सांसद खिमलाल भट्टराईले गोकर्ण र दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गासम्बन्धी विवादबारे बोलेका छन्। उनले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।

त्यस्तै, कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा अनियमिता भएको बताए। उनले यस विषय सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।

सांसद अधिकारीले नेपाल–भारत सीमा विवादको विषयमा सरकारले लिइरहेको पहलकदमीबारेमा पनि जानकारी दिन माग गरे। लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे सरकारले कूटनीतिक पहल गर्न नसकेको उनको आरोप थियो। नाकाबन्दीका वेला चर्को बोल्ने नेताहरु अहिले कालापानीबारे बोल्न नसकेको उनको भनाइ थियो।

त्यस्तै, सांसद बद्रीप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न कूटनीतिक पहल भइरहेको सन्दर्भमा भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमिमाथि अतिक्रमण गरेको बताए। उच्च राजनीतिकस्तरको वार्ताटोली बनाएर भारतसँग छलफल गर्न उनले आग्रह गरे।

सांसद चक्रप्रसाद स्नेहीले खुला सिमानाका कारण भारतले बखेडा झिकेर सीमावर्ती क्षेत्रका नेपालीलाई दुःख दिँदै आएको बताए।

‘सुगौली सन्धिमा नेपाल–भारत सीमा काली नदी हो भन्ने स्पष्टसँग उल्लेख गरिएको भए पनि भारतले नेपाली भूमि मिचेको छ,’ उनले भने, ‘प्रमाणसहित नेपाल सरकारले भारतसँग कूटनीतिकस्तरमा पहल थाल्नुपर्छ, यसमा सरकारलाई सफलता प्राप्त होस्।’

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्