Kathmandu Press

काठमाडौंको उपत्यका सहित देशभर चिसो वढ्दैं, चिसोबाट जोगिन आग्रह

यस्तै आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएकोले   बिहान र बेलुकाको समयमा चिसोबाट बच्न सतर्कता अपनाउन सचेत समेत गराएको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । 
काठमाडौंको उपत्यका सहित देशभर चिसो वढ्दैं, चिसोबाट जोगिन आग्रह

काठमाडौं, मंसिर १९ : काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसम अनुमान महाशाखाले जनाएको छ । 

यस्तै आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । चिसो बढ्दै गएकोले   बिहान र बेलुकाको समयमा चिसोबाट बच्न सतर्कता अपनाउन सचेत समेत गराएको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । 

घाम लागेसँगै हट्दै जाने बरुण बताउँछन् । काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन । यसैबीच, प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आज बिहान हांशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रकाशित मिति: ०७:४८ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्