लेखा समितिले माग्याे गोकर्ण रिसोर्टका कागजात
काठमाडौं, पुस ७ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले भरखरै समयावधि थप गरेको गोकर्ण फरेस्ट रिसोर्टसँगका कागजजात मागेकाे छ।
सोमबार ....
काठमाडौं, पुस ७ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले भरखरै समयावधि थप गरेको गोकर्ण फरेस्ट रिसोर्टसँगका कागजजात मागेकाे छ।
सोमबार बसेको लेखा समितिको बैठकले शंस्कास्पद रुपमा समयावधि थप गरेको भन्दै सम्झौतापत्र पेश गर्न निर्देशन दिएको हो। समितिका सभापति भरतकुमार शाहले नेपाल ट्रस्टको कर्यालयसँग कागजात माग गरेका हुन।
समितिको बैठकले पुरानो सम्झौता अवधि ६ वर्ष बाँकी रहेकै अवस्था २५ वर्ष समय थप भएको विषयमा कागजपत्र माग्ने निर्णय गरेको हो। त्यस्तै समितिले दरबारमार्गको जग्गाको लिज सम्झौताको कागजात पनि सात दिनभित्र उपलव्ध गराउन निर्देशन दिएको छ।
दुई साता अघि बसेको मन्त्रिपरिषदको बैठकले गोकर्ण फरेस्ट रिसोर्टको समय २५ वर्ष थप गर्ने निर्णय गरेको थियो। सरकारले पुरानै कम्पनी यति होल्डिङसलाई दिएको थियो।
नयाँ सम्झौताअनुसार, सरकारले मासिक सात सय २१ रुपैयाँमा दुई हजार नौ सय ७१ रोपनी जग्गा दिएको छ। त्यसमा थप नयाँ एक सय भिल्ला बनाउन दिने निर्णय गरेको थियो। नयाँ थपिने भिल्लाको भने प्रति बर्गफिट सात सय रुपैयाँ लिने निर्णय गरेको थियो।
यसको सबैतिर विरोध हुँदै आएको छ। यसमा चलखेल भएको आशंकामा लेखा समितिले छानविन गर्न कागजात मगाएको हो।






