एमालेसँगकाे सहकार्य सकिएको अध्यक्ष यादवकाे घाेषणा

विराटनगर, मंसिर १८ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।
प्रकाशित मिति: १८:०२ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











