Kathmandu Press

भ्रमण वर्ष उद्घाटनको दिन दीपावली गरौं : मन्त्री भट्टराई

काठमाडौं, पुस ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० उद्घाटनको दिन दीपावली गर्न आग्रह गरेका छन्।

<....
भ्रमण वर्ष उद्घाटनको दिन दीपावली गरौं : मन्त्री भट्टराई

काठमाडौं, पुस ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० उद्घाटनको दिन दीपावली गर्न आग्रह गरेका छन्।

सोमबार बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखसँग ‘नेपाल भ्रमण वर्ष–२०२०’का विषयमा आयोजित लछफलमा बोल्दै मन्त्री भट्टराईले भ्रमण वर्ष सफल बनाउन सबैले सक्रिय भएर लाग्नु पर्ने बताए। उनले सरकारले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले पर्यटन उद्योगको नयाँ आधार तयार पार्ने दाबी गरे।

भ्रमण वर्षले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शान्ति, समृद्धि र स्थायित्व बाटोमा लागेका सन्देश दिने उनको भनाइ थियो। उनले भने, ‘नेपाल भ्रमण वर्ष–२०२० उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरिका शाखा कार्यालयहरुमा दीपावली गरौं।’

मन्त्री भट्टराईले पर्यटनको लागि पूर्वाधार जरुरी रहेको उल्लेख गर्दै सरकारले हवाई पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताए।

त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने जिकिर गर्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको उनको भनाइ थियो। ‘भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प दिँदैन। त्यसैले निजगढ अत्यावश्यक रहेको छ,’ मन्त्री भट्टराईले भने।

कार्यक्रममा बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले भ्रमण वर्षलाई सफल बनाउन संघको सहयोग रहने बताए।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्