Kathmandu Press

एमालेका चार प्रदेश सांसदले भने- अस्थायी संरचनामै राजधानी सार्ने काम नगरियाेस्

'यस्ताे कार्य नगर्न र केही दिनमै गठन हुन लागेकाे नयाँ प्रदेश सरकारकाे जिम्मेवारीमाथि हस्तक्षेप नगर्न आग्रह गर्दछाैं,' विज्ञप्तिमा उल्लेख छ।
एमालेका चार प्रदेश सांसदले भने- अस्थायी संरचनामै राजधानी सार्ने काम नगरियाेस्

बुटवल, मंसिर १८ : एमालेबाट हालै प्रदेशसभा सदस्यमा निर्वाचित चार नेताले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन्। उनीहरू चारैजना रुपन्देहीबाट विजयी भएका हुन्।

प्रदेशसभा सदस्यहरु लीला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आज (आइतबार) संयुक्त विज्ञप्ति जारी गरेर अब केही दिनमा प्रदेशसभा र प्रदेश सरकार बन्ने भन्दै गत प्रदेशसभाले व्यवस्थित गुरुयोजना र डिपीआर तयार गरी पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने भनी गरेकाे निर्याणविपरीत कुनै संरचना नबनाई अस्थायी संरचनामै राजधानी नसार्न आग्रह गरे।

'यस्ताे कार्य नगर्न र केही दिनमै गठन हुन लागेकाे नयाँ प्रदेश सरकारकाे जिम्मेवारीमाथि हस्तक्षेप नगर्न आग्रह गर्दछाैं,' विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्