Kathmandu Press

संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्याे संसद् सचिवालय

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद सचिवालय दलको सङ्ख्या आकलन गरी आवश्यक तयारीमा जुटेको हो।
संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्याे संसद् सचिवालय

काठमाडाैं, मंसिर १८ : संघीय संसद् सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको छ।

प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद सचिवालय दलको सङ्ख्या आकलन गरी आवश्यक तयारीमा जुटेको हो।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए।

उहाले सकभर सिंहदरबारमा नै संसदीय दलको कार्यालयको व्यवस्थापन गर्ने र ठाँउ अभाव भए संसद भवन नयाँ बानेश्वरमा समेत केहि दलको कार्यालय स्थापना गर्ने गरि तयारी भइरहेको उनले बताए।

त्यस्तै प्रवक्ता पाण्डले संसद बैठकको तयारीका लागि बानेश्वरस्थीत संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगाएतका बिषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिए।

सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै तीन बर्ष लाग्ने देखिएकाले संसदको नयाँ अधिवेशन बानेश्वरमा नै हुने उनले बताए।

निर्वाचनको अन्तिम परिणाम आएको ३० दिन भित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ।

 

samsad sachiwalaye_Moment बदखचदचद1670145667.jpg

samsad sachiwalaye_Moment frbqeb1670145666.jpg

samsad sachiwalaye_Moment rtfbqrebrfb1670145666.jpg

samsad sachiwalaye_Moment etqbatgqabn1670145665.jpg

samsad sachiwalaye_Moment arfbrqbrf1670145664.jpg

 

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्