Kathmandu Press

बुटवलबाट तत्काल राजधानी नसार्न कांग्रेस र एमालेकाे माग

रुपन्देही कांग्रेस र एमालेले राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदै जबर्जस्त राजधानी सार्न खोजिएको भन्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
बुटवलबाट तत्काल राजधानी नसार्न कांग्रेस र एमालेकाे माग

बुटवल, मंसिर १८ : लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने विषयमा विरोध भएको छ।

रुपन्देहीको बुटवलबाट तत्काल राजधानी सार्न नहुने भन्दै विरोध हुन थालेको छ। दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि तत्काल राजधानी नसार्न माग गरेका छन्। 

रुपन्देही कांग्रेस र एमालेले राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदै जबर्जस्त राजधानी सार्न खोजिएको भन्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

आज (आइतबार) ती दुवै पार्टीले प्रेस विज्ञप्ति नै जारी गरेर कामचलाउ सरकारले राजधानी सार्न खोज्नु गलत भएको स्पष्ट पारेका छन्। जबर्जस्त राजधानी सार्दाे सेवा प्रवाहमा प्रतिकुल असर पर्ने भन्दै तत्काल रोक्न प्रदेश सरकारसँग दुवै पार्टीले माग गरेका हुन्।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको कामचलाउ सरकारले हतारहतारमा राजधानी सार्न खोज्नु सस्तो लोकप्रियता मात्र भएको विज्ञप्तिमा उल्लेख छ। ती दुवै दलले विज्ञिप्तमार्फत हतारहतार राजधानी सार्नेभन्दा पनि पहिला भौतिक संरचना निर्माणतर्फ ध्यान केन्द्रित गर्न सुझाएका छन्।

जिल्लामा क्रियाशील कर्मचारीका पेसागत संगठनले यसअघि नै संयुक्त विज्ञप्ति जारी गरेर राजधानी सार्ने कदमको विरोध जनाइसकेका छन्।

congress1670143140.jpguml1670143140.jpg

प्रकाशित मिति: १४:२० बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्