Kathmandu Press

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

भोजपुर, पुस ७ : बलात्कारको आरोपमा भोजपुरको हतुवागढी गाउँपालिका–६ का वडा सदस्य बालकुमार राईलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयक....

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

भोजपुर, पुस ७ : बलात्कारको आरोपमा भोजपुरको हतुवागढी गाउँपालिका–६ का वडा सदस्य बालकुमार राईलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीय एक युवतीलाई घरमा कोही नभएको वेला बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनले मंसिर १५ गते बलात्कार गरेको भन्दै २४ वर्षीय युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

उनकै उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ३८ वर्षीय वडा सदस्य राईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले बताए।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्