दोलखाको प्रदेशसभा (२) मा एमालेका केसी विजयी

काठमाडौं, मंसिर १८ : दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर २ मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् ।
आइतबार सकिएको मतगणनाको अन्तिम नतिजानुसार केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गरेका हुन्।
केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्।
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फको मतगणना जारी छ।
प्रकाशित मिति: ११:२७ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











