Kathmandu Press

माया लुहार हत्या प्रकरण :  सशस्त्र प्रहरी जवान पक्राउ 

माया लुहार हत्या प्रकरण :  सशस्त्र प्रहरी जवान पक्राउ 

काठमाडौं, मंसिर १८ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपि सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ परेका छन् ।  

बैतडीको शिवनाथ गाउँपालिका–४ का कोली महेन्द्रनगरबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी आइतबार बिहान  महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन् । 

पक्राउ परेका कोलीलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा बुझाइनेछ । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

हत्याका आरोपि कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।  घटनापछि कोली  फरार रहेका थिए


 

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्