Kathmandu Press

गोकुल बाँस्कोटाको घरमा शंकास्पद बस्तु फेला, सेनाद्वारा निष्क्रिय 

गोकुल बाँस्कोटाको घरमा शंकास्पद बस्तु फेला, सेनाद्वारा निष्क्रिय 

काठमाडौं, मंसिर १८ : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । आइतबार बिहान भक्तपुरस्थित बाँस्कोटाको घरको पर्खाल छेउमा शंकास्पद वस्तु भेटिएको हो । 

शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएर शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।   

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।
 

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्