Kathmandu Press

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै 

काठमाडौं, मंसिर १७ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । 

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

 

प्रकाशित मिति: १०:४३ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्