राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल
ओखलढुंगा, पुस ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै विधेयक ल्याउने बताएका छन्। तर,....

ओखलढुंगा, पुस ७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै विधेयक ल्याउने बताएका छन्। तर, राहत शिक्षकलाई स्वतः स्थायी नगरिने बताए।
आइतबार ओखलढुंगा पुगेका मन्त्री पोखरेलले सरकारले हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको बताए। त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनको भनाई थियो।
लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने उनले बताए। ‘सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो। यसलाई हामी सुधार्न लागिरहेका छौँ,’ मन्त्री पोखरेलले भने।
उनले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको जिकिर गर्दै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए।











-1784808429.png)