Kathmandu Press

कांग्रेसका उपसभापति खड्का र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

कांग्रेसका उपसभापति खड्का र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडाैं, मंसिर १७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शनिबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ । त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।

यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्षसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्